प्रचण्ड-नेपाल समूहले आज तेस्रो चरणको आन्दोलन घोषणा गर्दै
काठमाण्डौ,फागुन २:आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले आज तेस्रो चरणको आन्दोलन घोषणा गर्न लागेको उक्त समूहका नेता विष्णु रिजालले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक भएको नेकपा प्रचण्ड-नेपाल पक्षले बताउँदै आएको छ।यसअघि दुई चरणमा उक्त समूहले आन्दोलन गरेको थियो। पटक पटक गरी नेकपाका दुई समुहले आन्दोलन गर्दै आएका छन। सरकारमा पनी उही पाटी नै सडकमा पनी उही पाटी हुदा नेपाली जनता अलमलमा परेको देखीन्छ।