राष्ट्रिय

प्रतिनिधिसभाको बैठक आज बस्दै

0Shares

काठमाडौ,चैत १०: प्रतिनिधिसभाको बैठक आज बस्दैछ। आजको बैठकमा विभिन्न विषयका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।बैठकमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ।
न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६-७७ र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन पेश हुने संसद सचिवालयले जनाएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि वार्षिक प्रतिवेदन पनि पेश हुने सम्भावित कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ।सर्वोच्च अदालतले पुन:र्स्थापना गरेपछि प्रतिनिधिसभाका बैठकहरू शोक प्रस्ताव र संवैधानिक आयोगका प्रतिवेदनहरू पेश हुँदै आएका छन्।

0Shares