राष्ट्रिय

प्रधानमन्त्री ओलीको मति र गति ठिक छैन: गगन थापा

0Shares

काठमाडौ,चैत ६: स्याङ्जाको भीरकोट नगरपालिका स्थित बयरघारीमा नेपाल तरुण दल भीरकोट नगर समितिले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै काँग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री बरालिएको संज्ञा दिएका हुन् । प्रधानमन्त्री ओलीको मति र गति ठिक नभएको आरोप लगाउँदै संविधान भत्काउने खेलमा लागेको आरोप थापाको थियो । दुईतिहाई मत दिएर नेकपाको सरकार चलाउन दिएको म्याण्डेड नेकपा भित्रकै किचलोका कारण देशलाई दुर्घटनामा धकेल्ने प्रधानमन्त्री ओली संसद्मा छलफल नहोस् भन्ने चाहाना रहेको थापाले जिकिर गरे ।

देशलाई समाल्ने जिम्मेवारी फेरी काँग्रेसको काँधमा आएको भन्दै पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले कम्युनिस्टहरू निर्वाचन गराउन नसक्ने भएकाले अब चुनावी सरकार काँग्रेसकै नेतृत्वमा हुने बताए । आफैले सनकका भरमा भङ्ग गरेको संसद अदालतले व्युताईदिए पनि संसद्मा छलफल गर्न नसक्ने प्रधानमन्त्रीलाई अब घर पठाउने दिन आएको थापाले बताए ।संवैधानिक आयोग ओली आयोग भएको जिकिर गर्दै निर्वाचन आयोग र अख्तियार आयोग स्वतन्त्रपुरले काम गर्न सक्ने वातावरणमा बन्देज लगाउने प्रधानमन्त्री ओली आफूलाई शासक भएको देखाउन चाहेको थापाले बताए । देशलाई मागेर खाने अवस्थामा यो सरकारले पुर्‍याएको बताउँदै अब काँग्रेसले मागेर होइन कारोबार गर्ने देश बनाउने थापाले दाबी गरे । जनताको शासक बन्ने प्रधानमन्त्री हाम्रो देशले खोजेको होइन नेता थापाले भने,‘जनता सँग डराउने प्रधानमन्त्री देशले चाहेको हो शासक होइन ।’ सनक चल्यो भन्यो जे पनि गर्न खोज्ने प्रधानमन्त्रीलाई अब घर पठाउने हो थापाले भने ।

0Shares