राष्ट्रिय

प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यासको काममै ब्यस्त

0Shares

काठमाडौ,वैशाख ११: नेपाल सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा छाउनी परिसरमा आधुनिकीकरण गरी निर्माण हुने ७ सय ५० शय्या क्षमताको वीरेन्द्र अस्पताल भवनको शनिबार प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । ५ सयजना घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको उक्त अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएपछि नेपालकै नमुना अस्पतालको रुपमा कार्य सञ्चालन गरी रिसर्च लगायत अन्य ३० प्रकारका मेडिकल सेवाहरु प्रदान गर्ने सेनाले जनाएको छ ।अस्पतालको विपद्‌मा ६ हजार जनासम्मलाई उपचार गर्ने क्षमता रहने पनि सेनाले जनाएको छ । २०७ रोपनी जग्गामा निर्माण हुने अस्पतालमा अबको ७ वर्षमा सेवा सुरु हुने र १० वर्षभित्र पूर्ण रुपमा सञ्चालन हुने योजना रहेको छ, सेनाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

0Shares