राष्ट्रिय

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

0Shares

काठमाडौ,जेठ १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले सिंहदरबारबाट शुक्रबार अपरान्ह सम्बोधन गर्न लागेका हुन् । सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्रीको सम्बोधन त्यसै विषयमा केन्द्रित हुने बताइएको छ ।
पछिल्लो समय विभिन्न क्षेत्रबाट सरकारलाई अध्यादेशबाट बजेट नल्याउन सुझाव आइरहेको छ । प्रधानमन्त्री ओलीले कोरोना महामारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि केही बोल्न सक्ने आकलन गरिएको छ ।

0Shares