प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १९ अंक बढेको छ
काठमाडौ,फागुन ११: मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १९ अंक बढेको छ।अघिल्लो कारोबार दिन अर्थात सोमबार ३२.६७ अंक घटेर २६०७.६७ विन्दुमा झरेको नेप्से यस दिन सो सेसनमा १९.६७ अंक बढेर २६२७.३४ विन्दुमा पुगेको हो। सो अवधिमा सेन्सेटिभ इण्डेक्स २.५७ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ४८ कम्पनीको १ करोड ४५ लाख १६ हजार ३४९ रुपैयाँ बराबरको ३२ हजार ७०० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४० कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।