अन्तराष्ट्रिय

मलेसियामा सङ्कटकालको घोषणा

0Shares

काठमाडौं,माघ १ मलेसियाका कोरोना भाइरसको महामारी रोक्नका लागि भन्दै प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अब्दुल्लाले सङ्कटकालको घोषणा गरेका समाचार संस्था अलजजिराले जनाएको छ । मलेसियाको कानुन अनुसार सङ्कटकाल लागू भएपनि संसद स्वतः निलम्बन हुन्छ । छ महिनाका लागि लगाइएको संकटकाल कोरोना महामारीको अबस्था हेरेर छ महिना अघि नै खुकुलो हुन सक्ने खबरमा उल्लेख छ । संकटकाल लागु भएपछि सरकार संचालनको सबै अधिकार प्रधानमन्त्रीमा जान्छ । यासिनले गएको अक्टोबरमा सङ्कटकाल लगाउन सिफारिस गरेपनि त्यसबेला राजाले अस्किार गरेका थिए । विपक्षीहरुले सासन सञ्चालनमा आफूले गरेको कमजोरी लुकाउन प्रधानमन्त्रीले कोरोनाको वहाना बनाएर सङ्कटकाल लगाएको भन्दै असन्तुष्टि जनाएका खबरमा उल्लेख छ ।

0Shares