राष्ट्रिय

मोरङमा निषेधाज्ञा जेठ १७ सम्म लम्बियो

0Shares

काठमाडौ,जेठ १० : कोरोना भाइरस संक्रमणको दर बढ्दै गएसंगै मोरङमा जिल्ला प्रशासन कार्यालय मोरङले जारी निषेधाज्ञा थप ६ दिन बढाएको छ। सोमबार सम्पन्न डिसिसिएमसीको बैठकपछि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले संक्रमण नियन्त्रणका लागि जेठ ११ गते राति १२ बजेदेखि १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई यथावत कायम राखेको जानकारी दिए। निषेधाज्ञामा होटल, रेष्टुरेन्टमा भेटघाट जमघटमा रोक लगाइएको छ । तर टेकअवे र प्याकिङ गरेर लैजान भने पाइने बैठकको निर्णय छ । बैठकले अत्यावश्यक उपभोग्य बस्तु वा सेवाको आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मूल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने, अवरोध गर्ने उपर कानुनी कारबाही गर्ने जनाएको छ ।
विवाह, व्रतवन्ध तथा भोजका कारण कोरोना संक्रमणको दर अझै बढ्दै जाने जोखिम देखिएको हुँदा बैठकले कोभिड १९ संक्रमण नियन्त्रण नहुञ्जेल गर्न नपाउने निर्णय गरेको छ । यसअघि प्रशासनले बढीमा १५ जनासम्मका लागि छुट दिएको थियो । बैठकले सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाउने जनाएको छ । उद्योग सञ्चालनको हकमा बैठकले स्वास्थ्य मापदण्ड लागु गर्दै कार्यस्थलभित्रै श्रमिकलाई बस्ने वातावरण बनाएर उद्योग सञ्चालन गर्न सकिने जनाएको छ । उद्योगसम्म जाने र फर्कने श्रमिकलाई विहान ९ देखि १० र बेलुका ६ देखि ७ बजेको समयमा आवजजावत गर्न दिने बैठकले जनाएको छ । वित्तीय क्षेत्र, स्वास्थ्यकर्मी, दूरसञ्चार, सरसफाईका कर्मचारीलाई परिचयपत्रसहित कार्यमा आवतजावत गर्न दिने बैठकको निर्णय भएको छ ।

0Shares