मौद्रिक नीतिमा परिवर्तन नआएपछि शेयरबजारमा हरीयाली
काठमाडौ,फागुन ३: आइतबार भएको मौद्रिक नीतिको समीक्षामा परिवर्तन नआएपछि शेयरबजारमा उत्साह साथै हरीयाली छाएको छ। विशेषगरी यस दिन लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरमा बढेको छ। यस दिन अधिकांश लघुवित्तहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ। यससँगै लघुवित्त उपसमूहको परिसूचक पनि यस दिन बढेको छ।
मौद्रिक नीतिमा लघुवित्तहरुको शेयर खरिदबिक्रीमा वाणिज्य बैंक तथा विकास बैंकहरुलाई कडाइ गर्ने कुराले यस उपसमूहको परिसूचक खासै बढ्न सकेको थिएन। तर, समीक्षामा त्यस्तो कुनै व्यवस्था नभएपछि यस दिन लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा उछाल आएको हो।