Uncategorizedराष्ट्रिय

यस्तो सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनु पर्दैन :सभापति देउवा

0Shares

काठमाडौं, ५ पुस प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको कदम अधिनायकवादतर्फ उन्मुख रहेको बताएका छन् । सभापति देउवाले हतारमा प्रतिनिधि सभा विघटनको सिफारिस गर्नु असंवैधानिक भएको प्रतिक्रिया दिएका हुन् । उनले प्रधानमन्त्री ओलीको अधिनायकवाद उन्मुख यो कदममा गम्भीर असहमति रहेको भन्दै राजनीतिक रुपमा प्रतिवाद गर्नेसमेत बताएका छन् । उनले ट्वीट गर्दै संविधान विपरीतको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य नहुनेसमेत बताएका छन् । प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

0Shares