राष्ट्रिय

युथफोर्सले स्कर्टिङ गर्दै ओलीलाई बालकोट पुर्याउने

0Shares

काठमाडौ,असार ३० : निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई युथफोर्सले बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लाने भएको छ । बालकोट ओलीको नीजि निवास हो । बिहान ११ बजे हजारौं बाइक र गाडीले स्कटिङ्ग गर्दै ओलीलाई बालकोट लाने युवा संघले जनाएको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगैं निवर्तमान भएका ओली प्रधानमन्त्री निवास बालुवाटार छाडेर बालकोट जान लाग्नुभएको हो ।
सांसद महेश बस्नेतले बालुवाटारदेखि बालकोटसम्म गाडी र बाइकको लाइन हुने बताउनुभयो । कौशलटारदेखि बालकोटसम्म सडकको दायाँ बायाँ मानिसहरुले पुष्पगुच्छासहित ओलीलाई स्वागत गर्नेपनि बस्नेतले जानकारी दिनुभयो ।

0Shares