राष्ट्रिय

रातारात प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेट

0Shares

काठमाडौ,चैत १२: राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार बेलुका भेटवार्ता भएको छ।  राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री बुधबार बेलुका ७:४५ बजे राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ। दुई जनाबीच करिब १ घण्टा कुराकानी भएको थियो।राष्ट्रपति भण्डारी बंगलादेश भ्रमण गरेर फर्किएको भोलिपल्ट प्रधानमन्त्री ओलीले भेट गरेका हुन्। प्रधानमन्त्रीले भेटमा पछिल्लो विकशित राजनीतिक घटनाक्रमको बारेमा जानकारी गराएको बताइन्छ । 

0Shares