बैंक तथा वित्तिय

रुपन्देहीमा वैशाख मसान्त सम्म बैंकिंग सेवा बन्द

0Shares

काठमाडौ,वैशाख २५ : रुपन्देहीका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु वैशाख ३० गते सम्म बन्द गरिने भएको छ । बिहीबार बसेको जिल्लास्तरीय कोभिड संकट व्यस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले कोरोना भाइरस नियन्त्रणका लागि जारी निषेधाज्ञा थप कडाइ गर्दै उक्त निर्णय गरेको हो । डीसीसीएमसीको बैठकले एक-एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु वैशाख ३० सम्म बन्द गर्ने निर्णय गरेको छ ।

0Shares