खेलकुद

रोयल च्यालेन्जर्स बैंगलोर सुखद सुरुआत

0Shares

काठमाडौ,चैत २८: १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर सुखद सुरुआत गरेको छ । आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा मुम्बई इन्डियन्सविरुद्ध २ विकेटको जित निकाल्दै प्रतियोगितामा राम्रो सुरुआत गरेको हो ।एमए चिदंबरम स्टेडियममा मुम्बई इन्डियन्स प्रस्तुत गरेको १६० रनको लक्ष्य बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । बैंगलोरका लागि एभी डिभिलियर्सले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै ग्लेन म्याक्सवेलले ३९ रन बनाउँदा कप्तान विराट कोहलीले ३३ रन बनाए ।

बलिङतर्फ मुम्बईका लागि जस्प्रित भुम्राह र मार्को जेसनले समान दुई–दुई विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्ट र कुर्नाल पाड्याले समान एक–एक विकेट लिए । यसटस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५९ रन बनाएको हो । मुम्बईका लागि क्रिस लायनले ४९ रनको योगदान गरे । त्यस्तै सूर्यकुमार यादवले ३१ रन बनाउँदा इसन किसनले २८ रन बनाए । मुम्बईका लागि कप्तान रोहित शर्माले १९ रन बनाउँदा हार्दिक पाड्याले १३ रन बनाए । बलिङतर्फ बैंगलोरका लागि हर्सल पटेलले सर्वाधिक ५ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २६ रन खर्चे । त्यस्तै जेमिसन र वासिन्टन सुन्दरले समान एक–एक विकेट लिए । खेलमा जित निकाल्दै बैंगलोरले तालिकामा २ अंक जोडेको छ । यता, साविक विजेता मुम्बईले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

0Shares