राष्ट्रिय

विप्लव र बाबुराम भट्टराई बीच भेटवार्ता

0Shares

काठमाडौ,साउन १: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।
पछिल्लो समय भेटघाटलाई तीब्र बनाएका नेता विप्लवले आज विहान भट्टराई निवास टोखा पुगेर आफ्ना पूर्व सह-योद्धासँग भेट गरेका हुन्। बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका विप्लव हिजो अध्यक्ष प्रचण्डलाई लिएर नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका थिए।

0Shares