राष्ट्रिय

शेरबहादुर देउबालाई फकाउदै नेकपाका अध्यक्ष

0Shares

काठमाडौ,फागुन १२: विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दै छन् । संसद् विघटनको निर्णय बदर भएपछि नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल चितवनको कार्यक्रम छोडेर काठमाडौं आइपुगेका छन् । मंगलवार साँझ चितवन पुगेका प्रचण्ड र माधव नेपाल भर्खरै काठमाडौं आइपुगेका हुन् ।

नेकपा दुई समूहमा विभाजित भएपछि सत्ताका लागि कांग्रेस निर्णायक बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता गठबन्धनमा सामेल हुन नेकपाका दुवै समूहले जोडबल गरिरहेका छन् । आजै बिहान प्रधानमन्त्री ओलीले देउवालाई अबको प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेका छन् ।नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरूले शेरबहादुर देउवा सँग दिउँसो अवेरतिर भेट हुने संभावना छ ।अध्यक्षद्वयले देउवासँग चितवनबाटै फोनवार्ता गरेका थिए । नेकपा विभाजित भएको र संसद् पुनस्र्थापना गरिएकाले देउवासँगको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

0Shares