राष्ट्रिय

सभामुखले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई दिए बधाई

0Shares

काठमाडौ,साउन ३ : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई बधाई दिएका छन् । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आइतबार बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिएका हुन् । उनले बैठकमा भने, ‘सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक स्वागत गर्न चाहन्छु । प्रतिनिधिसभाको सार्वभौम अधिकार पुनःस्थापित गर्न योगदान पुयाउने सबैलाई उनले धन्यवाद दिए ।
यस्तै प्रतिनिधिसभा पुनर्स्थापनाको ऐतिहासिक फैसला गरेको भन्दै सभामुख सापकोटाले सर्वोच्च अदालतप्रति आभार प्रकट गरे । ‘संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यताअनुसार प्रतिनिधिसभालाई पुनर्स्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सम्मानित सर्वोच्च अदालतप्रति आभार प्रकट गर्न चाहन्छु उनले भने ।

0Shares