राष्ट्रिय

सर्वोच्च अदालतले नै संविधानको व्याख्या गर्ने भएकाले व्याख्या पर्खन आग्रह:डा. चन्द्र भण्डारी

0Shares

काठमाडौँ माघ ७: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले सर्वोच्च अदालतले नै संविधानको व्याख्या गर्ने भएकाले व्याख्या पर्खन आग्रह गरेका छन् । उनले हरेक प्रश्नको जवाफ र समस्याको समाधान पनि भएकाले कुतर्क नगर्न पनि आग्रह गरेका छन् । 

संचारकर्मी सग्ग कुरा गर्दै] उनले भनेका छन छन्, ‘संविधानको रक्षा संसद पुनःस्थापनाबाट हुन्छ या चुनाव । अहिलेको विवादको निर्णय गर्ने अधिकार संविधानले कस्लाई दिएको छ ? हरेक प्रश्नको जवाफ र समस्याको समाधान पनि छ तर साना साना कचौंरीमा बसेर नेपालीको समस्याको समाधान र मुलुकको रुपान्तरण हुन सक्दछ ? समीक्षा गरौं तर्क गरौं  कुतर्क नगरौं ।’यसबाट डा. भण्डारीले सर्वोच्च अदालतले जस्तो व्याख्या गर्छ त्यसलाई पनि पर्खन आग्रह गरेको स्पष्टै हुन्छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक बन्दै संसद विघटन गरेपछि अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने कि नपाउने भन्ने चर्को विवाद भइरहेको छ । अदालतमा विचाराधीन १३ मुद्दाको सुनुवाइ जारी रहेको छ । त्यसकारण अदालतले नै संविधानको व्याख्या गर्ने भएकाले धैइर्य गरी पर्खन आग्रह गरेका छन

0Shares