अन्तराष्ट्रिय

सिल्क रोड फ्रेन्डसिप अवार्ड’ डा. कल्याण शर्मालाई:

0Shares

काठमाडौं, ७ पुस अर्थशास्त्री डा. कल्याणराज शर्माले चीनको प्रसिद्ध पहिलो ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’ प्राप्त गरेका छन् । यो अवार्ड यसै वर्षदेखि वितरण गर्न लागिएको हो ।
बेइजिङमा एक समारोहमा विश्वभरबाट छनोटमा परेका १० जनालाई अवार्ड प्रदान गरिएको हो । कोरोना भाइरस कोभिड—१९ का कारण डा. शर्मा उपस्थित हुन नसकेका कारण सो अवार्ड नेपाली राजदूतावास बेइजिङका द्वितीय सचिव श्रुति कडरियाले ग्रहण गरिन्


डा. शर्माले लामो समयदेखि नेपाल–चीन सम्बन्ध, सिल्क रोड सहकार्य र दुई देशबीच विविध सहकार्यका क्षेत्रमा काम गर्दै आएका छन् ।उक्त अवार्ड प्राप्त गरेपछि डा. शर्माले थप जिम्मेवारीका साथ दुई देशबीचको सम्बन्ध जनस्तरमा समेत विस्तार गर्न थप योगदान दिने बताए ।चाइना इन्टरनेशनल कल्चर एक्स्चेन्ज सेन्टर आयोजक रहेको उक्त अवार्ड वितरण समारोहमा चीन सरकारका उच्च अधिकारीहरु, विभिन्न देशका कूटनीतिज्ञ, साँस्कृतिककर्मीहरु लगायतको उपस्थिति थियो । कार्यक्रममा नेपालको साँस्कृतिक, पर्यटकीय र नेपाल(चीन सहकार्य झल्किने भिडियो पनि प्रदर्शन गरिएको थियो ।

0Shares