पुंजीबजार

सुन चाँदीको भाउ सामान्य घटबढ

0Shares

काठमाडौ,साउन ४: सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ थप घटेको छ। यस दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्दा चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ८०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ।अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ६०० र तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा खरिद बिक्री भएको थियो।यस्तै सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।गत आइतबार चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

0Shares