बिजनेस

सुनको मूल्य एकैदिन ११०० रुपैयाँले बढ्यो

0Shares

काठमाडौ,वैशाख २४ : सुन तोलामा एक हजार १०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघको तथ्यांक अनुसार यस दिन तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँमा रहेकाे छ । अघिल्लो कारोबारको दिन सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९० हजार ६०० रुपैयाँ तोकिएको थियो । साताभरमा सुन तोलामा एक हजार ८०० रुपैयाँले उकालो लागेको छ । अघिल्लो शुक्रबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ तोकिएको थियो ।

सुनसँगै शुक्रबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार भने चाँदीको भाउ घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा झरेको थियो । यो साता चाँदी तोलामा ५५ रुपैयाँले वृद्धि भएको महासंघको तथ्यांकमा देखिन्छ । अघिल्लो साताको शुक्रबार चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको थियो । कोरोना महामारीका कारण जारी भएको लकडाउनले सुनचाँदी व्यवसाय प्रभावित बनेको छ । देशका अधिकांश स्थानमा यतिबेला सुनचाँदी व्यवसाय ठप्प रहेको छ । यद्यपी साताभर जसो नै सुनचाँदीको मूल्य उकालो लागेको महासंघले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

0Shares