पुंजीबजार

सुनको मूल्य घट्यो

0Shares

काठमाण्डौ, माघ २२ : बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेको हो । सुनको मूल्य आज लगातार दोश्रो दिन ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन पनि सुन तोलामा ६०० रुपैयाँले गिरावट भई प्रतितोला ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
बिहीबार चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । निरन्तर रुपमा तेश्रो दिन पनि चाँदीको भाउ ओरालो लागेको हो । आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३०० रुपैयाँमा किनबेच हुँदैछ । मंगलबारयता चाँदी प्रतितोला १०० रुपैयाँले घटिसकेको छ। ।

0Shares