राष्ट्रिय

हवाई उडान असार १७ देखि सुचारु

0Shares

काठमाडौ,असार ९ : दोस्रो लहरको कोरोना संक्रमण नेपालमा तिब्र गतिमा फैलिदै गएसंगै वैशाख २० गतेदेखि बन्द गरिएको व्यवसायिक आन्तरिक हवाई उडान असार १७ गते देखि सुचारु हुने भएको छ । सोमबार मन्त्रिपरिषद्‌ले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुचारु गर्न निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई भनेको थियो । त्यसअनुसार, पर्यटन सचिव यादव प्रसाद कोइरालाले बुधबार असार १७ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेका हुन् ।
‘सचिव स्तरीय निर्णयले जुलाई १ तारिख असार १७ देखि आन्तरिक उडान सामान्य अवस्थाको तालिकाका आधारमा ५० प्रतिशतमात्रै सञ्चालन गर्ने निर्णय भएको छ कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि रोकिएको आन्तरिक उडान ६० औं दिनपछि पुनः सर्तसहित सञ्चालन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको उडान तालिका यसप्रकार रहेको छ ।

0Shares