राष्ट्रिय

४.१ प्रतिशत आर्थिक बृद्धि हुन कठिन : अर्थमन्त्री

0Shares

काठमाडौ,जेठ १४ : अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ४.१ प्रतिशत आर्थिक बृद्धि हुन कठिन रहेको बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४.१ प्रतिशतको आर्थिक बृद्धि हासिल नहुने बताएका छन् । सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो । आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै उनले कोभिड-१९ले अर्थतन्त्रमा आएको सुस्तताले यस्तो अवस्था आएको बताएका हुन् । चालुमा ४.०१ मा रहने भनिएकोमा अब आर्थिक वृद्धिदर चूनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । केन्द्रीय तथ्याङ्क विभागले भने ४.१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो।

आर्थिक बृद्धिदरमा मात्र पछि छौँ, अर्थतन्त्र पहिला भन्दा राम्रो छ : अर्थसचिव शिशिर कुमार ढुंगानाले देशको आर्थिक सूचकहरु सबै सहज अवस्थामा रहेको बताएका छन । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रममा बोल्दै उनले आयात निर्यातका सूचक, व्यापारको अवस्था, राजस्व संकलन सबै राम्रो अवस्थामा रहेको बताएका छन् । यद्यपि आर्थिक बृद्धिदरमा भने पछाडी रहेको उनले भने । तर अर्थतन्त्र पहिला भन्दा राम्रो गतिमा रहेको उनको दाबी छ ।

0Shares