बिजनेस

आज सुन चाँदीको मूल्य घट्यो

0Shares

काठमाडौ,असार ९ : आज सुन चाँदी दुबैको भाउमा सामान्य वृद्धि देखिएको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार र तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

0Shares