बिजनेस

आज सुन चाँदीको मूल्य बढ्यो

0Shares

काठमाडौ,असार २९ : आज सुन र चाँदी दुबैको भाउ सामान्य बढेको छ । आज सुनको भाउ तोलामा २०० र चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ ।
हिजो छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदीको भाउ पनि सामान्य बढेको छ ।

0Shares