अन्तराष्ट्रिय

एकै दिन थपिए चालिस हजार कोरोना संक्रमित

0Shares

काठमाडौ,चैत ८: पछिल्लो समयमा कोराना भाईरस झन बढिरहेको छ। केहि दिन यताको डाटा हेर्ने हो भने यसको प्रभाब दिन प्रतीदीन बढीरहेको पाईन्छ। भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ९५३ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा कोरोनाका कारण १८८ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाका कारण १ लाख ५९ हजार ५५८ जनाको मृत्यु भइसकेको छ । १ करोड १५ लाख ५५ हजार २८४ जनामा कोरोना संक्रमण भइसकेको तथ्यांकमा उल्लेख छ । भारतमा पछिल्लो केही समय यता पुनः कोरोना संक्रमण बढेको तथ्यांकले देखाएको छ । यसलाई भारतमा कोरोना संक्रमणको दोस्रो लहर भनिएको छ । 
 

0Shares