राष्ट्रिय

के गर्लान त् अब पूर्व माओवादी खेमाका नेताहरु

0Shares

काठमाडौ,असार २८: नेकपा एमालेमा रहेका पूर्व माओवादी खेमाका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भएको १० बुँदे सहमतिलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएका छन् ।दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार राति १०बुँदे सहमति गरेको थियो, जसमा नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम अगाडि बढ्ने र २०७५ साल जेठ २ गतेको सबै कमिटीलाई क्रियाशील गर्ने उल्लेख छ ।
माओवादी केन्द्रबाट आएका नेताहरु नेकपामा जुन कमिटीमा थिए, त्यही कमिटीमा रहने पनि सहमति छ ।यसो हुँदा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट स्थायी कमिटी सदस्य हुने भए भने प्रभु साह, पासाङ शेर्पा लगायतका नेताहरु केन्द्रीय कमिटीमा रहने भए । २३ फागुनपश्चात ओली पक्षले गरेका एकलौटी निर्णयहरुका आधारमा पाएका जिम्मेवारी भने खोसिने छ ।पूर्व माओवादी खेमाका नेताहरुले हिजो पाएको जिम्मेवारीभन्दा विचार र राजनीति मुख्य भएको बताएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताए पनि आफूहरु नेकपाको मूल धार भनेर ओलीतिर लागेको उनीहरुको तर्क छ ।ओली र नेपाल दुई पक्षबीच भएको सहमतिपछि नेतृत्व कसरी अगाडि आगाडि बढ्छ हेर्नुपर्ने एक नेताले बताए । उनी भन्छन्, ‘अहिले हामी पर्ख र हेरको अवस्थामा छौं । उहाँहरुले सहमतिको कसरी ब्याख्या गर्नुहुन्छ, त्यो हेर्छौं ।’अर्का स्थायी कमिटी सदस्यले पनि पार्टीमा एकता हुनु स्वागतयोग्य भएको तर विचार, राजनीति, योजनामा के हुन्छ त्यो हेर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

0Shares