मनोरंजन

मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार बाट सम्मानित

0Shares

काठमाडौ,असार २८: वरिष्ठ कलाकार अभिनेता मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा मदनलाई उक्त सम्मान प्रदान गरीएको हो ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय द्वारा श्रेष्ठलाई सम्मान प्रदान गरीएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई नगद १ लाख र प्रमाण पत्र प्रदान गरेका हुन्। कार्यक्रममा मदन कृष्ण उपस्थित भने भएका थिएन् l उनका छोरा यमन श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । कोभिड–१९ लाई जितेका मदनकृष्ण अहिले घरैमा आराम गरिरहेका छन् । नेपाल सरकारले यो पटकको राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ प्रदान गरेर आफुलाई सम्मान गरेकोमा मदनकृष्णले नेपाल सरकार तथा उनलाई सधैं माया र आशिर्वाद दिईरहनुहुने सम्पूर्ण शुभेक्षक स्रोता दर्शक दिदीबहिनी दाजुभाईहरु प्रति कृतज्ञता ब्यक्त गरेका छन् ।

0Shares