के होला त् यो हप्ता शेयर बजार
काठमाडौ,चैत ८: करिब ३ साताको करेक्सनपछि बजार फर्किएको विश्लेषण हुन थालेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन २४५८.४८ विन्दुमा रहेको नेप्से, गत साता ०.६८ प्रतिशत अर्थात १६.६१ अंक बढेर २४७५.०९ विन्दुमा पुगेको थियो।यस अनुसार यस साता नेप्से उकालो लागेमा २५६० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा २४२० विन्दुमा टेवा पाउने देखिन्छ।
गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम ६ अर्ब ११ करोड रुपैयाँ रहेको छ। यसको तुलनामा दैनिक औषत भोल्यूम ३२.६१ प्रतिशत कम हो।गत साता नेप्सेले ड्रयागनफ्लाइ डोजी मैनबत्ती बनाएको छ। यसले बजारमा माग बढ्न सक्ने संकेत गर्दछ। यद्यपि, यस साताको बजारले यसलाई सुनिश्चित गर्नेछ। गत साता ग्रीड जोनमा ओर्लिएको नेप्से, साताको अन्तिम कारोबार दिन पुन एक्सट्रीम ग्रीड जोनमा पुगेको छ।