अन्तराष्ट्रिय

जापानले अक्सफोर्ड/अष्ट्राजेनेका खोप नेपालसहित एसियाली देशलाई दिने

0Shares

काठमाडौ,असार २९ : जापानले नेपालसहितका मुलुकहरूलाई कोरोनाभाइरसविरूद्ध अक्सफोर्ड/अष्ट्राजेनेका भ्याक्सिन अनुदानमा दिने भएको छ । जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले मंगलबार अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप नेपालसहितका मुलकलाई अनुदानमा दिने घोषणा गरेका हुन् ।
उनले गरेको घोषणा अनुसार कोभ्याक्स कार्यक्रममार्फत् नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस र श्रीलंकाका साथै विभिन्न प्यासिफिक द्वीपका राज्यहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदास्वरुप उपलब्ध गराइने छ । जापानले अहिले घोषणा गरेअनुसारको खोप जुलाई महिनाभित्र पठाइने विदेशमन्त्री मोटेगीले बताएका छन् । मोटेगीले इन्डोनेसिया, ताइवान र भियतनामलाई पनि १०/१० लाख डोज कोरोना खोप उपलब्ध गराइन लागेको बताएका छन् । उनका अनुसार बिहीबार उक्त डोज खोप सम्बन्धित मुलुकमा पठाइनेछ ।

0Shares