जापान बिशेष

जापानी एम्बेसी बन्द हुँदा विद्यार्थी मर्कामा

0Shares

काठमाडौ,फागुन २८: पछिल्लो समय जापानअध्ययनका लागि एनओसी लिनेको संख्या बढेको छ । ०७७ को साउनदेखि माघसम्मको मासिक तथ्यांक हेर्दा जापान जानेको संख्या ४४७५ रहेको छ । तर कोभिड १९ ले जापान जाने विद्यार्थी पनि उत्तिकै समस्यामा परेका छन् ।गुल्मीबाट एनओसी लेटर लिन आएका सुमन गिरी जापानमा उच्च शिक्षाका लागि जाँदै छन् । ६ महिना जापानी भाषा पढिसकेका गिरी गुल्मीका हुन् ।

ब्यबस्थापन विषय लिएर पढेका गिरी पढाइसँगै करिअर वृद्धि विकास गर्ने सोचले जापान जान लागेको बताउँछन् । गिरीको सानीआमाको छोरी जापानमै पढ्छीन भने उनको परिवारिक पेसा कृषि हो । एन फाइभ लेभल पास गरेर सबै गरी १० लाख खर्च गर्न लागेका गिरी काम गर्दै तिर्ने सोचमा छन् ।उनले बागबजारमा रहेको ग्याप्स ईन्टरनेसनल एजुकेसन कन्सलटेन्सी मा पढी एन फाईब लेबल पास गरेको कुरा जनाएका छन। उनले भने ‘तपाई जापान जाने सोचमा हुनुहुन्छ भने एक पटक ग्याप्स ईन्टरनेसनल एजुकेसन कन्सलटेन्सी मा अबस्य जानुहोला किनभने त्यहा पारीबारीक बाताबरणमा पढाईनुको साथसाथै जापान बाट प्रत्यक्ष रुपमा जापानको बारेमा जानकारी दिने,प्रोसेसको सबै ब्यबस्था मिलाईदिनुको साथै जापान पुगेपछी पनी काम,बस्ने ठाऊ सबै ब्यबस्था गरीदीने भएकोले यहाबाट जाने विद्यार्थी लाई अरुको देशमा गएपनी आफ्नै देशमा भएजस्तो बाताबरण सीर्जना गर्दछ। तर, कोभिड १९ का कारण नेपालस्थित जापानी दूतावास जनवरी पहिलो सातादेखि नै बन्द छ । बन्द भएका कारण सबै गतिविधि पनि ठप्प छन् । तर, मार्च २१ बाट दूतावास खुल्न सक्ने ग्याप्स ईन्टरनेसनल एजुकेसन कन्सलटेन्सीका सञ्चालक सालीग्राम उपाध्याय बताउँनुहुन्छ । उहाले दूतावास बन्द हुँदा विद्यार्थी मर्कामा परेको बताउनुहुन्छ । उहाले भन्नुहुन्छ , “हाम्रा एघार जना विद्यार्थीअन्तर्वार्ताको मिति चैतदेखि कुरेर बसेका छन् ।”

0Shares