जापान बिशेष

जापानी दूतावासले खुलायो भिषा आवेदन

0Shares

Covid- 19 को कारण जापान सरकारले गरेको प्रवेश निषेध संगै नेपालमा अवस्थीत जापानीज दूतावासले पनी भिषा प्रकृया बन्द गरेको थियो । त्यस पछि लगातारको काठमाडौं उपत्यकामा भएको लकडाउन का कारण लामो समय पछि आंशिक रूपमा भएपनि भिषा आवेदन प्रकृया सुरु गरेको छ।

आंशिक रूपमा खुल्ला गरिएको भिषा सम्बन्धी सेवा राजदूतावास को कार्यलयमा र भिषा सम्बन्धी अख्तियारी पाएको VFS Global ले सुरु गरेको राजदूतावासले जानकारी दिएको छ । राजदूतावासले भिषा सम्बधित सेवा आंशिक रूपमा सुरु गरेतापनी जापानद्वारा लगाइएका सिमा नियन्त्रणका उपाएका कारणले गर्दा अझै सबै खाले भिषा सेवा नखुलेको उल्लेख गरीएको छ ।

हालको अवस्थामा जापानमा यात्राका लागि निम्न उल्लेखित भिषा खुला गरेको छ ।

  • डिप्लोमेटीक भिषाका लागी आवेदन दिनेहरू |
  • अफिसियल आधिकारीक भिषाको आवेदन दिनेहरू । .
  • जापानीज नागरीक सँग विवाह गरेका नेपाली नागरिक ।
  • जापानको स्थायी वासिन्दा को जिवनसाथी .
  • कोरोना भाइरसका कारण जापान फर्कन असमर्थ रहेका जापानी स्थायी बासिन्दा हरु ।
  • 5号, 6号 भिषा अनुमती लिएका हरू ।
  • शिक्षा , प्रोफेसर , चिकित्सा सम्बन्धी योग्यता को प्रमाण प्रत्र( COE)लिएका हरु ।

कुटनीतिक, आधिकारिक , आपत्कालीन  अवस्था वाहेक को भिषा सम्बन्धीत सम्पूर्ण प्रक्रिया बाट लिन साकिने जानकारी राजदूतावास ले दिएको छ ।

कुटनीतिक, आधिकारिक , आपत्कालीन भिषा मात्र दुतावास मार्फत दिइने जानकारी गराएको छ ।

जापानप्रवेश आवेदन दिनका लागि VFS-Globalको यो वेबसाइट मार्फत  https://visa.vfsglobal.com/npl/en/jpn अपोइन्टमेन्ट लिन अनुरोध गरेको छ।

0Shares