जापान मा तीज गित कार्यक्रम सम्पन
आज जापानको Gifu Kyoritsu University को Student Plaza मा तीज गीत कार्यक्रम एकदमै रमाइलोका साथ समापन भएको छ । जसमा Gifu Kyoritsu University का विद्यार्थीहरु भाई-बहिनि हरु लगायत गिफु-ओगकिमा बस्नुहुने आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूको प्रस्तुतिमा एकदमै रमाइलो साथमा तीज गीत कार्यक्रम समापन भएको छ ।
आजको यस कार्यक्रमलाई सफल बनाउनको निमित्त सहयोग गर्नुहुने आदरणीय दाजुभाई हरु लगायत हामीलाई यो ठाउँ उपलब्ध गराएर सहयोग गर्नुहुने Gifu Kyoritsu University का प्रोफेसर इसिजाका प्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छौं साथै धन्यवाद ज्ञापन गर्न चाहन्छौं
झण्डै 40 जनाको उपस्थितीमा समापन भएको आजको तीजगीत कायक्रम एकदमै रमाइलोका साथ समापन भएको छ जसमा उपस्थिति हरुले एकदमै रमाइलो मानेर झुमेर नाचेर गाएर बजाएर र मीठो खाएर गीतकार क्रमलाई मनोरञ्जनात्मक तरिकाले समापन गर्नको निमित्त विभिन्न कुराहरु को अनिल ज्ञवाली जी ले सहयोग गर्नुभएको थियो ।
आजको यस कार्यक्रममा हामी मीना खरेलजी लाई विशेष धन्यवाद दिन चाहन्छौं । उहाले आजको कार्यक्रम मा उपस्तित सबैलाई मिठो खाना बनाएर सहयोग गर्नु भयो |
आजको कार्यक्रममा उपस्थित सम्पूर्णले कार्यक्रम विशेषतः रमाइलो भएको भनेका थिए । आजको कार्यक्रममा उपस्थित हुनेमा नेपालमा विभिन्न ठाउँमा रहेर जापानमा विभिन्न तह तप्कामा काम गर्ने डिपेन्डेन्ट भिषामा आउनुभएका, लामो समय जापानमै बस्नु भएका भएका दाजुभाई दिदीबहिनीहरु को साथै विद्यार्थी भिसामा आउनुभएका विद्यार्थी भाइबहिनीहरु को उपस्थिति थियो ।
विदेशीभूमीमा भएर पनि आफ्नो परम्परागत संस्कृतिलाई जगेर्ना गर्न पाएकोमा उपस्थित सबैजना खुशी देखिन्थे आफूखुसी हुने र अरुलाई पनि खुसी बनाउने भाव सबै जनामा झल्किएको थियो ।