सूचना प्रबिधि

टिकटकका केहि अकाउन्ट निलम्बित

0Shares

काठमाडौ,असार १७ : उमेर नपुगेका बालबालिकाले चलाइरहेको आशङ्का गर्दै टीकटक बाट केहि अकाउन्टहरू निलम्बन गरिएका छन्।टिकटकले निलम्बित अकाउन्टहरू कुल प्रयोगकर्ताको एक प्रतिशतभन्दा कम रहेको बताएको छ। किशोर किशोरीमाझ चर्चित टिकटक १३ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्रै चलाउन पाउने नियम छ।
टिकटकले निलम्बित अकाउन्टका बारेमा पहिलो पटक आफ्नो समुदाय निर्देशिका प्रतिवेदनमा सार्वजनिक गरेको हो। यस्तो जानकारीले प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व वहन गरेर अगाडि बढ्न सामाजिक सञ्जाल उद्योगलाई सहयोग हुने अपेक्षा गरेको टिकटकले बताएको छ। टिकटकले किशोर किशोरीलाई सुरक्षित राख्न १६ वर्ष नपुगेका प्रयोगकर्ताहरूलाई सन्देश आदानप्रदान र प्रत्यक्ष भिडिओ प्रसारण गर्ने सुविधा नदिएको बताएको छ। “बालबालिकालाई सुरक्षित राख्न हामीले गरिरहेका कामहरू सार्वजनिक गर्न यो प्रतिवेदनमा कम उमेरका व्यक्तिहरूको हटाइएको अकाउन्ट सङ्ख्या राखेका हौँ,” टिकटकका सुरक्षा र विश्वास प्रमुख कोर्म्याक कीननले बताए।उक्त चिनियाँ एप किशोर किशोरीमाझ चर्चित भए पनि हालै यसमा कम उमेरका बालबालिका बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ। गत वर्ष न्यु योर्क टाइम्सले प्राप्त गरेको तथ्याङ्कमा एक चौथाइ अमेरिकी प्रयोगकर्ताहरू १४ वर्ष वा कम उमेरका रहेको देखिएको थियो।

0Shares