सूचना प्रबिधि

टेलिकमले ल्यायो सस्तो डेटा प्याक

0Shares

काठमाडौ,वैशाख २२ : हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लागू गरिएको छ। यो समयमा नेपाल टेलिकमले मोबाइल सेवाका ग्राहकहरुका लागि आकर्षक डाटा सुविधा ल्याएको छ । डाटा सुविधा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिन्छ ।

टेलिकमले ल्याएको डेटा सुविधाहरू यस्ता छन्ः

वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक ६ सय ४९ रूपैयाँमा पाइन्छ । ७ दिनका लागि १.५ जीबी प्याक ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा ९५ रूपैयाँमा उपलब्ध गराइरहेको छ । २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । याे ३० रूपैयाँमा उपलब्ध छ । ५०० एमबी पर डे डाटा प्याक जम्मा २ सय ९९ मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ । मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिन्छ। साथै, याे सुविधा ग्राहकले *1415# डायल गरेर त्यहाँ दिइएको निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्दछन् । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

0Shares