राष्ट्रिय

थप १५० जानामा कोरोना संक्रमण पुस्टी

0Shares

काठमाडौ,चैत ९: कोभिड–१९ का कारण पछिल्लो २४ घण्टामा तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ ।पछिल्लो २४ घण्टामा चार हजार ४७२ को पीसीआर परीक्षण गरिएकोमा १५० जनाको नतिजा पोजिटिभ आएको छ ।

योसँगै नेपालमा संक्रमितको कुल संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार २० पुगेको छ ।हाल देशभर आइसोलेसनमा एक हजार १७ जना र क्वारेन्टिनमा ५१ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

0Shares