पुंजीबजार

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपिओ निष्काशन गर्दै

0Shares

काठमाडौ,साउन १२: सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६० करोड रकम बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।जस मध्ये ३ लाख कित्ता कर्मचारीको लागि र ३ लाख कितात सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ५४ लाख कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि दिन सकिने छ ।
कम्पनीले जेठ ९ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । बोर्डले असार ३१ गते बिहिबार आईपिओ निष्काशनको अनुमति दिएको हो ।शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आइपीओ बिक्रि वितरणपछि सानिमा लाइफको चुक्तापुंजी २ अर्ब पुग्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैयाँ छ।

0Shares