राष्ट्रिय

निर्वाचनमा जानु उत्तम विकल्प : कमल थापा

0Shares

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनपछि अव निर्वाचनमा जानु नै उत्तम विकल्प भएको बताएका छन्। उनले आज विहान ट्वीटरमार्फत फेरि फोहोरी गठबन्धन बनाएर ब्रम्हलुट मच्चाउनु र कुशासनको श्रृङ्खला शुरू गर्नुभन्दा ताजा जनादेशमा जानु उपयुक्त भएको बताएका हुन्।
उनले ट्वीटरमा लेखेका छन्, संसद विघटनको वैधानिकताको परिक्षण, निरुपण र व्याख्या सर्वोच्च अदालतले गर्ने नै छ तर घोडा व्यापार र फोहरी गठवन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो सृङखला शुरू गर्नु भन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो।’

0Shares