भारतमा कोरोना : मृतकको संख्या १३७३ पुग्यो, ४२ हजार ५३३ संक्रमित
२२ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७२ कोरोना संक्रमितको ज्यान गएसँगै कुल मृतकको संख्या १ हजार ३ सय ७३ पुगेको हो ।
भारतमा कोरोनाका बिरामी पनि थपिइरहेका छन् । पछिल्लो प्राप्त विवरणअनुसार, यहाँको कुल कोराेना संक्रमित संख्या ४२ हजार ५ सय ३३ छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या १२ हजार नौ सय ७४ पुगेको छ भने पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा पाँच हजार चार सय २८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने दुई सय ९० जनाको मृत्यु भइसकेको छ । मध्ये प्रदेशमा पनि दुई हजार आठ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो राज्यमा एक सय ५६ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, उत्तर प्रदेशमा संक्रमित संख्या दुई हजार ६ सय ४५ पुगेको छ भने ४३ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि नौ सय ६३ जनामा संक्रमण पुष्टि हुँदा ३५ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि अहिलेसम्म पाँच सय तीन जनामा भाइरसको संक्रमण देखिँदा चारजनाको मृत्यु भइसकेको छ ।
Source:Onlinekhabar.com