अन्तराष्ट्रिय

भारतमा थप ४३ हजार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि

0Shares

काठमाडौ,असार २५: पछिल्लो २४ घन्टामा भारतमा थप ४३ हजार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै भारतमा कोरोना संक्रमितको संख्या तीन करोड ७ लाख बढी पुगेको छ भने सक्रिय संक्रमित ४ लाख ५८ हजार बढी रहेका छन्। पछिल्लो २४ घन्टामा थप ९ सय ११ जनाको संक्रमणका कारण मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ५ हजार कटेको छ।

0Shares