पुंजीबजार

राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद निष्काशन गर्ने

0Shares

काठमाडौ,जेठ १७ : राधी विद्युत कम्पनी (RADHI) ले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको जेठ १६ गते बसेको बैठकले हकप्रद निष्काशन गर्ने निणर्य गरेको हो । गत आथिक वर्षको मुनाफाबाट प्रस्तावित ३६.५ प्रतिशत बोनस पश्चात कायम हुने ६४ करोड ६४ लाख रुपैयाँको १४७.५२ प्रतिशत अर्थात १ शेयर वराबर १.४७५२ का दरमा ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निणर्य गरेको छ । हकप्रद निष्काशन गर्ने प्रस्ताव कम्पनीको आगामी १५ औं बार्षिक साधारण सभामा पेश गर्ने तयारी गरेको छ ।
हकप्रद निष्काशन गरेपछि कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ६० कराेड रूपैयाँ पुग्नेछ । विद्युत कम्पनीको नियमन गर्ने निकाय विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुलाई बैंकको ऋण तिर्न पनि हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था गर्न लागेको छ । आयोगले जलविद्युत कम्पनीको शेयरको सार्वजनिक निष्कासन पूर्व स्वीकृति सम्बन्धी निर्देशिका,२०७६ लाई संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको हो ।

0Shares