अन्तराष्ट्रिय

विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज कोरोनाविरुद्ध खोप लगाइयो

0Shares

काठमाडौ,असार २५: विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। हालसम्मको तथ्यांकअनुसार चीनमा सबैभन्दा बढी एक अर्ब ३४ करोड २३ लाख ८१ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ३७ करोड २२ लाख ५५ हजार ७८६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।
अमेरिकामा ३३ करोड १२ लाख दुई हजार ६४१ डोज, ब्राजिलमा १० करोड ३८ लाख २४ हजार ८५४ डोज, बेलायतमा आठ करोड चार लाख ७२ हजार ५४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाएको तथ्यांक छ।यसैगरी जर्मनी सात करोड ९७ लाख २९ हजार २५१ डोज, पोल्याण्डमा छ करोड ११ लाख ३७ हजार २३९ डोज, फ्रान्समा पाँच करोड ७९ लाख ४२ हजार ३६५ डोज, टर्कीमा पाँच करोड ६४ लाख १६ हजार १७३ डोज र इटालीमा पाँच करोड ६० लाख ४७ हजार ९४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।

0Shares