राष्ट्रिय

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज

0Shares

काठमाडौ,साउन ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । ओली सरकारले नियुक्त गरेका ९ जना राजदूत फिर्ता बोलाउने सरकारको निर्णय यसअघि ओली सरकारको पालामा जारी भएको यो अध्यादेशको चर्को विरोध हुँदै आएको थियो । र, यही अध्यादेशका आधारमा गरिएको संवैधानिक नियुक्तिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०७८–४–३ मा प्राप्त पत्र अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को साउन २ गतेको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमार्फत जनाइएको छ ।

0Shares