सूचना प्रबिधि

साँझपख पानी पर्ने सम्भावना

0Shares

काठमाडौ,वैशाख ६ : अहिले देशका धेरैजसो ठाउँको मौसम खुलेको छ। साेमबार पहाडी भेगको केही ठाउँमा आंशिकदेखि सामान्य बादल लागेको भए पनि धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिनदेखि लगातार हावाहुरीसहित परेको पानीले आकाशमा लागेको तुवाँलो पनि हटेर गएको छ । केही दिनअघि तुवाँलोले पारदर्शितामा कमी आएको थियो । पानी पर्नुअघि प्रदूषण र तुवाँलोका कारण काठमाण्डौको त्रिभुवन विमानस्थल आसपासको भिजिबिलिटी एक हजार मिटरमा झरेको थियो । अहिले औसतमा ६ देखि ८ हजार मिटरमा पुगेको छ। हावाहुरी र वर्षासँगै धेरैजसो ठाउँको वायु प्रदूषण पनि केही सुधार भएको छ ।

काठमाडाैँ उपत्यकासहित धेरैजसो ठाउँमा वायु प्रदूषण मध्यम अवस्थामा रहेको वातावरण विभागले जनाएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण बेलुकीपख देशका मध्य र पूर्वी पहाडका विभिन्न ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिनुभयो ।

0Shares