राष्ट्रिय

सर्वोच्चको फैसला आज सुरक्षा ब्यबस्था कडा

0Shares

काठमाडौ,असार २८: प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउने सम्भावनाका बीच काठमाडौंमा चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ । फैसलाले जन्माउने परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको हो ।
आज काठमाडौंका सडकमा ७०० बढी प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने, “हामी तयारी अवस्थामा छौँ । सुरक्षा व्यवस्था दुरुस्त बनाएका छौँ ।”सुरक्षा निकायले सर्वोच्चको नतिजा जस्तो पनि आउन सक्ने भएकाले तयारीमा रहन मातहतलाई निर्देशनसमेत दिएका छन् । नेपाल प्रहरीबाहेक सशस्त्र प्रहरी बल पनि उल्लेख्य मात्रामा परिचालित भएको छ ।गएको जेठ ८ गते मध्यराति प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध परेको रिटमा लामो बहसपछि सर्वोच्चले फैसला सुनाउन लागेको हो ।

0Shares