बैंक तथा वित्तिय

सिभिल बैंकका सीईओ गुरुङले राजीनामा दिए

0Shares

काठमाडौ,वैशाख ६ : सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजीनामा दिएका छन् । करार अवधि झण्डै तीन महिना बाँकी छँदा उनले राजीनामा दिएका हुन् । चैत मसान्तभित्रै राजीनामा स्वीकृत गर्ने भने पनि बैंक सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको छैन ।

सीईओको पद छाडेर पीएचडी गर्न लागेका गुरुङलाई त्यहीबीचमा विदेशको एउटा बैंकले सीईओ भएर काम गर्न बोलाएको थियो । विदेशका बैंकमा विभिन्न माथिल्ला ओहदामा काम गर्ने नेपाली धेरै भए पनि देशबाटै विदेशी बैंकमा सीईओ भएर जाने उनी पहिलो नेपाली बैंकर हुन् ।गुरुङ २५ वर्षदेखि बैंकिङ क्षेत्रमा छन् । उनी २०७४ वैशाखदेखि सिभिल बैंकको सीईओको रुपमा कार्यरत छन् बैंक श्रोतले दिएको जानकारी अनुसार १७ वैशाखदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको छ । गुरुङले सीईओबाट राजीनामा दिए पछि कार्यबाहक सीईओको जिम्मेवारी सुनिलकुमार पोखरेलले पाउने भएका छन् ।

0Shares