बिजनेस

सुनको भाउ बढ्यो चाँदीको भने लगातार घट्दै

0Shares

काठमाडौ,साउन ५ : आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ थप घटेको छ । सुनको भाउ तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ८०० र तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै मंगलबार चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

0Shares