अन्तराष्ट्रिय

भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण

0Shares

काठमाडौ,चैत १८: भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । मंगलबारको तुलनामा संक्रमितको यो संख्या करिव ३ हजारले कम हो । यसअघि गत सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २१ लाख ४८ हजार ४८७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १४ लाख ३२ हजार ५२ जना संक्रमणमुक्त भएका छन् ।अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ५३ हजार ९३३ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ५०२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ३५५ जनाको मृत्यु भएको छ ।

0Shares