जसपाका ४ सांसद मन्त्री बन्दै ,आजै सपथग्रहण हुने
काठमाडौ,वैशाख ६: लुन्बिनी प्रदेसमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अबिस्वास प्रस्ताव दर्ता गरेको दुइघण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् ।
माओवादी केन्द्रका दुइजना मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक बिकास मन्त्रालय संगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागेका हुन् ।लुम्विनी प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय बिभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरी रहेको छ ।नियुक्त हुने मन्त्रीहरुको सोमबार नै सपथ ग्रहण गराउने तयारी गरिएको हो ।अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका साम्सदहरु बिजय यादव सन्तोष पाण्डे, कल्पना पाण्डे लम्साल र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागि सकेको छ ।